बिबेक कुमार महतो, बर्दिबास । महोत्तरीको बर्दिबासमा खुकुरी र रड प्रहारबाट एकजना घाइते भएको छ ।
घाइते हुनेमा वर्दिवास नगरपालिका वडा नम्बर – ७ फुलवारी टोल बस्ने वर्ष ४८ को गणेशी महतो रहेको प्रहरीले जनाएको छ ।
महतो माथि मंगलवार बिहान आक्रमण भएको हो । उनलाई खुकुरी र रड प्रहार गरेर गम्भीर घाइते बनाइएको छ।
घटनाको कारण नखुलेपनि घटनामा संलग्न रहेको आरोपमा सोहि ठाउँका उमेश पाख्रिन सहित तीन जनालाई पक्राउ गरिको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ।
घाईतेलाई उपचारको लागि जनकपुर स्थित चन्द्रिका हस्पिटलमा लगिएकोमा त्यहा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ र घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।