LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्णः एडीबी

काठमाडौं: भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण रहेको एसियाली विकास बैंक (एडीबी)ले बताएको छ।

यो काम नेपालको ऊर्जा क्षेत्रको फड्को नै भएको एडीबीले बताएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचीन छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तर्देशीय विद्युत् व्यापार नेपालका लागि महत्वपूर्ण भएको बताए।

जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडीबीको लगानी रहेका महत्वपूर्ण १० वटा महत्वपूर्ण आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालिरहेको बताए।

उनले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई पनि विद्युतले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे विचारविमर्श भएको छ।

सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरिन्।

ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्री भुसालको भनाइ थियो।

पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य सुरु भई विद्युत् व्यापार सुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीय स्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो पनि खुलेको सुनाए।

उनले भनिन्, ‘बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ। केही वर्षभित्र नै हामीले ती देशमा विद्युत निर्यात गर्ने अवस्था आउँछ।’

आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलासययुक्त जलविद्युत आयोजनामा लगानी गर्न एडीबीलाई आग्रह गरिन्।

उनले पूर्व–पश्चिम प्रसारणलाइन निर्माणमा पनि एडीबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गरिन्। भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडीबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरर्नौड काउसिसलगायतको लगायत उच्च अधिकारीको सहभागिता थियो।

प्रतिक्रिया
सम्बन्धित खवर