LIVE NEWS
राष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न सामाजिक सञ्जालमा चुनावी प्रश्न निषेध : ‘कसलाई भोट?’ सोधे कारबाहीकुखुरा–बाख्रासँग भोट मागेको व्यङ्ग्यपछि आशिका तामाङले सम्झाइन् किसान जीवनको यथार्थसप्तरीमा तस्करी गरिरहेको अर्ना सहित गाडीमा चालक पक्राउ परेको छ।इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिमनियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी

उडिरहेको विमान भित्रै जन्मिए जुम्ल्याहा बालिका

उलान बाटोर । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।

जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडी नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिए ।

विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।

ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मंगोलियाको यात्रामा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर